ad ad

समाज


सिमकोट विमानस्थलको सुरक्षा फितलो

सिमकोट विमानस्थलको सुरक्षा फितलो

नेपालखबर
फागुन २८, २०७६ बुधबार ९:४४,

हुम्लाको सिमकोट विमानस्थलमा सुरक्षा व्यवस्था फितलो बनेको छ। नेपाल खाद्य संस्थानको चामल र व्यापारीको जडीबुटी जिल्ला बाहिर ओसारिँदा विमानस्थलमा सबैको पहुँच सजिलै पुग्ने गरेको छ। अति संवेदनशील मानिने विमानस्थलको निषेधित क्षेत्रमा सामान्य नागरिक पनि सहजै पहुँचले विमानस्थलभित्र भरिभराउ हुने गरेको छ।

सर्वसाधारणले विमानस्थलको निश्चित क्षेत्रबाहेक अन्यत्र जान पाउँदैनन्, तर यतिबेला व्यापारीको ओसारपसार गर्ने काम चलिरहेको हुनाले सिमकोट विमानस्थलको संवदेशीलताको ख्यालै नगरी बिनाकामका व्यक्तिले पनि निषेधित क्षेत्रमा प्रवेश गर्ने गरेका छन्। वर्गीकरण गरिएका क्षेत्रमा सम्बन्धित व्यक्तिलाई मात्र पहुँच हुने गरी विमानस्थल कार्यालयले अनुमतिपत्र प्रदान गर्ने गरे पनि नेपालगञ्ज, सुर्खेतबाट सामान र आफन्त आएका भन्दै विमानस्थल पुग्ने गरेका छन्।

विमानस्थल प्रवेशका लागि ढोकामा रहेका सुरक्षा निकायलाई अन्य बाहना बनाएर सजिलै जो–कोही विमानस्थलमा पुग्ने गरेका छन् । विमानस्थलको निर्माण र खाद्यान्न ओसार्न भरिया महिला जाने भएकाले विमानस्थलमा भीड बढी देखिएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन्। विमानस्थलमा गाईवस्तु पनि देखिने गरेको र अब यो सबैको व्यवस्था चाँडै गरिने प्रजिअ भट्टराईको भनाइ थियो।

यसले गर्दा विमानस्थलमा यात्रु र अन्य नागरिक छुटाउन मुस्किल हुने गरेको छ। सिमकोट विमानस्थलको सुरक्षालाई अबका दिनमा कडाइ गरिने प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाइ छ। यस्तै सिमकोट विमानस्थल फोहर बन्दै गएको छ। विमानस्थलको खाली रहेको सबै क्षेत्रमा व्यापारीले जडीबुटी जिल्ला बाहिर निकासी गर्नका लागि सजिलो हुने भन्दै विमानस्थलमा थुपारिरहेका छन्। घोडा, खच्चडसमेत विमानस्थलभित्र सजिलै प्रवेश गर्ने गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .