भारतीय कंग्रेसका पूर्वनेता ज्योतिरादित्य सिन्धिया भारतीय जनता पार्टीमा प्रवेश गरेका छन्। सिन्धियाले मंगलबार कंग्रेसबाट राजीनामा दिएका थिए।
भाजपाका अध्यक्ष जेपी नड्डाले उनलाई पार्टी प्रवेश गराए।
जनसेवाको लक्ष्यपूर्ति कंग्रेसमा बसेर सम्भव नदेखेपछि पार्टी छोडेको सिन्धियाले बताए।
उनीसँगै कंग्रेसका २२ सांसदले पनि पदबाट राजीनामा दिएका छन्। यससँगै मध्य प्रदेशमा रहेको कंग्रेस सरकार ढल्ने अवस्थामा पुगेको छ।
सिन्धिया परिवारका सदस्य लामो समयदेखि दुई वटा पार्टीमा सक्रिय रहँदै आएका थिए।
ज्योतिरादित्यकी हजुरआमा विजयराजे सिन्धिया भाजपा स्थापनामा सक्रिय थिइन् भने उनका छोरा माधवराज सिन्धिया कंग्रेसको राजनीतिमा। माधवराज राजीव गान्धी सरकारमा मन्त्री थिए।
सिन्धियाले पार्टी छोडेसँगै कंग्रेसमा युवाहरुलाई मौका नदिइएको भन्दै सोनिया गान्धी र राहुल गान्धीको आलोचना सुरु भएको छ।
प्रतिक्रिया