समाज


नेपालकी उर्मिला चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पियनसिप अवार्ड’

नेपालकी उर्मिला चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पियनसिप अवार्ड’

सोमबार वासिङटन डिसीस्थित ‘स्टेट डिपार्टमेन्ट’मा नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पियनसिप’ अवार्ड प्रदान गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन। तस्बिर : मधुकर अधिकारीर/रासस


नेपालखबर
कात्तिक ६, २०८१ मंगलबार १०:२३, वासिङटन डिसी (अमेरिका)

नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीलाई ग्लोबल एन्टी रेसिजम च्याम्पियनसिप अवार्ड प्रदान गरिएको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले चौधरीसहित ६ देशका सामाजिक अभियन्तालाई सोमबार अमेरिकाको वासिङटन डिसीमा यहाँ आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरेका हुन्। 

स्टेट डिापर्टमेन्टले सार्वजिनक गरेको विवरणमा चौधरी ६ वर्षको उमेरमा कमलरीका रूपमा मालिकको घरमा पुगेकी थिइन्।

उनलाई १७ वर्षको उमेरमा उद्धार गरेर पठनपाठनमा सहभागी गराइएको थियो। अहिले कानुन पढेर आवाजविहीनहरूको आवाज बनेर अभियानमा लाग्ने प्रण गरेकी चौधरीले महिला सशक्तीकरणका लागि विभिन्न ३० वटा सहकारी समूहमार्फत काम गरिरहेकी छन्। 

चौधरीलाई उक्त अवार्ड नेपालका पिछडिएका अल्पसङ्ख्यक समुदायले भोगिरहेका विभेद र  शोषणविरुद्ध काम गरिरहेकी सशक्त अभियन्ता तथा मानवअधिकारको रक्षाका लागि अतिरिक्त साहस, नेतृत्वदायी भूमिका, मजबुत र प्रतिबद्धताका लागि प्रदान गरिएको स्टेट डिपार्टमेन्टले उल्लेख गरेको छ। 

स्टेट डिपार्टमेन्टमा आयोजित कार्यक्रममा अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल पनि सहभागी थिए। अमेरिकाको विदेश मन्त्रालयले गत वर्षदेखि प्रदान गर्न थालेको उक्त अवार्ड प्राप्त गर्ने चौधरी दोस्रो नेपाली हुन्। 

गत वर्ष सोही अवार्ड नेपालकी सरस्वती नेपालीले प्राप्त गरेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad