समाज


चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैँडा मृत फेला

फाइल तस्बिर


नेपालखबर
कात्तिक ६, २०८१ मंगलबार १०:३८, चितवन

नवलपरासी पूर्व नवलपुरमा झण्डै चार वर्षको पोथी गैँडा मृत फेला परेको छ। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका–१२ मा एउटा पोथी गैँडा मृत फेला परेको निकुञ्ज प्रशासनले जनाएको छ। 

स्थानीय अरुण खोला दोभानमा सोमबार झण्डै चार वर्षको पोथी गैँडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए। 

जंगल क्षेत्रमा अर्को गैँडासँग जुध्दा उक्त गैँडा मरेको अनुमान गरिएको छ। मृत गैँडाको शरीरमा चोटपटक देखिएको छ। गैँडाको खाग र खुर भने सुरक्षित रहेको मगले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad