बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल लैजाने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कट्टुन्जे बस्ने वर्र्ष ३३ की देवकी भुजु रहेकी छन्।
उनले एक व्यक्तिबाट ३ लाख ५६ हजार ५ सय रुपैयाँ लिएर लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएको प्रहरीको आरोप छ।
पीडितहरूले दिएको जाहेरी दरखास्तका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टेकुबाट पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
78
Shares

प्रतिक्रिया