राजनीति


बिरालो कालो वा सेतो जे भए पनि मुसा मार्नैपर्छ : प्रचण्ड

बिरालो कालो वा सेतो जे भए पनि मुसा मार्नैपर्छ : प्रचण्ड

नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार १७:४८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै बिरालोको रङले उसको क्षमता निर्धारण नगर्ने बताएका छन्।

शुक्रबर हिन्दू इकोनोमिक फोरममा सहभागी भएका प्रचण्डले सम्बोधनको क्रममा नेपालको अर्थनीतिबारे बहस हुँदा एउटा सिद्धान्त अघि आएको भन्दै त्यसबारे ब्रिफिङ गरेका थिए। 

‘हामी वामपन्थी आन्दोलनको नेता कार्यकर्ताहरूले अर्थतन्त्रको बारेमा कुरा गर्दा विश्व इतिहासका थुप्रै घटनाक्रमको अध्ययन गर्दैजाँदा एउटा भनाइ निकै प्रसिद्ध भएको छ। वामपन्थी आन्दोलनमा, चिनियाँ कम्युनिस्ट पार्टीमा विकासको कुन मोडल नेपालले लिनुपर्छ। नयाँ अर्थनीति, उदार अर्थनीति वा डग्मेटिक अर्थनीति भन्ने ठूलो बहस चल्यो,’ उनले अघि भने, ‘त्यो बहसभित्रबाट एउटा सिद्धान्त अघि आयो। बिरालो कालो वा सेतो भएपनि केही फरक पार्दैन। मुख्य कुरा त्यसले मुसा मार्छ कि मार्दैन, भन्ने कुरा हो। यदी मुसा मार्छ भने बिरालो जस्तो रङको भएपनि हुन्छ। यसमा पुँजीवाद र समाजवादको संयोजन गर्ने मान्यता थियो।’

साथै, उनले अब जनताका अगाडि नयाँ संकल्पका साथ प्रस्तुत हुनुपर्ने बताएका छन्। 

mनेपालमा निकै ठूलो संघर्ष, धेरै बलिदानपछि देशमा गणतन्त्रको स्थिति, ग्राउन्ड लेभलको प्रतनिधिको पनि राजनीतिमा सहभागीता जुन हामी गर्वको साथ भन्ने गरेका छौँ,’ प्रचण्डले भने, ‘मौलिक अधिकारको रुपमा जे जति व्यवस्था गरेका छौँ, ती सबै हाम्रा सकारात्मक पक्ष हुन्। यो बीचमा मैले आफैँले अनुभव गर्दा, पहिलो प्रधानमन्त्रीत्वकालमा इन्फ्रास्टक्चर हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad