समाज


डडेल्धुरा बस दुर्घटना : महिलाको शव फेला, मृतकको संख्या ५ पुग्यो

डडेल्धुरा बस दुर्घटना : महिलाको शव फेला, मृतकको संख्या ५ पुग्यो

नेपालखबर
असोज ३०, २०८१ बुधबार ११:३९, कञ्चनपुर

डडेल्धुरामा बस दुर्घटनास्थलबाट थप एक महिलाको शव निकालिएको छ। बसमा सवार बैतडीको पुर्चौडी नगरपालिका–१० की गोवणी महराको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी सुगन्ध श्रेष्ठका अनुसार अहिले मुचुल्का तयार गर्ने काम भइरहेको छ। योसँगै बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ।

मंगलबार राति कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटनामा परेको थियो। 

बसमा १७ जना सवार थिए। तीमध्ये गम्भीर घाइते ४ जनालाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका थिए। बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमती बोहरा, अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुईदिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको दुर्घटनामा परेर मृत्यु भएको छ। 

बस दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्।

तीमध्ये गम्भीर घाइते पुर्चौडी नगरपालिका–३ का २४ को बिरेन्द्र बोहरा र डडेल्धुराको आलिताल गाउँपालिका–१ का २१ वर्षीय मुकुन्द बोहराको धनगढीमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad