समाज


मध्यराति डडेलधुरामा बस दुर्घटना: यी हुन् मृतक र घाइते (नामावली)

मध्यराति डडेलधुरामा बस दुर्घटना: यी हुन् मृतक र घाइते (नामावली)

डडेलधुरा अस्पतालमा उपचार गराइरहेका घाइते


गोकुल जोशी
असोज ३०, २०८१ बुधबार ७:३८, कञ्चनपुर

डडेलधुरामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। मंगलबार मध्यराति डडेलधुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा बस दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार मृत्यु हुनेमा बैतडी पुर्चौडी नगरपालिका–३ की ४५ वर्षीया जैमती बोहरा, सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा, २० वर्षीया कमला बोहरा र उनका नाबालक छोरा छन्।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडी पुर्चौडीर्फ गइरहेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस गएराति साढे ११ बजे खस्रेखानमा सडकबाट करिब साढे तीन सय मिटर तल खसेर दुर्घटना भएकाे हाे। 

दुर्घटनामा १६ जना घाइते भएका छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर छ। प्रहरीका अनुसार ९ जना मध्यम र २ जना सामान्य घाइते छन्। 

यी हुन् घाइते 
१) चालक बैतडी, पुर्चौडीका  वर्ष २४ का वीरेन्द्र बोहरा (दुवै आँखा, मुख, टाउको, दाहिने खुट्टामा चोट), अवस्था गम्भरी, धनगढीतर्फ रेफर गरेको।

२) डडेल्धुरा, आलिताल गाउँपालिका-१ बस्ने वर्ष २१ का मुकुन्द बोहरा (कम्मर, टाउको, मुखमा चोट ), अवस्था मध्यम। धनगढीतर्फ रेफर।

३) बैतडी, पुर्चौडी नगरपालिका-७ बस्ने वर्ष २४ को नवराज साउँद (बाँया आँखा, टाउको, कम्मरमा चोट), अवस्था मध्यम।

४) बैतडी, पुर्चौडी वडा नं ६ बस्ने वर्ष २४ को राजेन्द्र साउद (दुवै हात, खुट्टा, टाउकोमा चोट) अवस्था मध्यम।

५) कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ बस्ने वर्ष ६५ की धनमती साउँद (आँखा, बाँया खुट्टा निधार, कम्मरमा चोट), अवस्था मध्यम।

६) बैतडी, पुर्चौडी नगरपालिका-८ बस्ने वर्ष ४२ का पदमबहादुर बोहरा (कम्मर, टाउकोमा चोट), अवस्था मध्यम।

७) बैतडी, पुर्चौडी नगरपालिका वडा नं. ७ बस्ने वर्ष २८ को नवराज सिंह रतुकी (टाउको, कम्मर, छातिमा चोट ) अवस्था मध्यम।

८) बैतडी, पुर्चौडी नगरपालिका वडा नं. ७ बस्ने वर्ष २० को सुरेन्द्र रतुकी (अनुहार, कम्मर, टाउकोमा चोट ) अवस्था मध्यम।

९) बैतडी, पुर्चौडी नगरपालिका वडा नं. १० बस्ने बर्ष ४० को दामोदर महरा (कम्मर, छाती, मुखमा चोट ) अवस्था मध्यम।

१०) बैतडी, पुर्चौडी नगरपालिका वडा नं. १० बस्ने वर्ष अन्दाजी २५/२६ को धनबहादुर महरा (टाउकोमा चोट), अवस्था मध्यम।

११) कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नं. ४ बस्ने वर्ष २५ को दिनेश साउँद (छाती ,टाउकोमा चोट) अवस्था सामान्य।

१२) दार्चुला, मार्मा गाउँपालिका ५ बस्ने वर्ष ३५ की विमला महता (दाहिने हात, खुट्टामा चोट) अवस्था सामान्य।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad