कला


‘बेहुली फ्रम मेघौली’ बिहीबारबाट हलमा नलाग्ने, निश्चलले भने- एप डाउनलोड गर्दै गर्नू

‘बेहुली फ्रम मेघौली’ बिहीबारबाट हलमा नलाग्ने, निश्चलले भने- एप डाउनलोड गर्दै गर्नू

नेपालखबर
असोज ३०, २०८१ बुधबार १२:१, काठमाडौँ

चलचित्र निर्देशक निश्चल बस्नेतले आफ्नो चलचित्र ‘बेहुली फ्रम मेघौली’ हलबाट उतारेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेतले आफ्नो चलचित्र भोलि (बिहीबार) बाट हलमा नलगाउने निर्णय गरेको जानकारी गराएका छन्। 

‘भोलि (अक्टोबर १७) बाट हाम्रो फिल्म नेपालको सबै हलबाट नलगाउने निर्णय गरेका छौँ,’ बस्नेतले भनेका छन्। 

साथै, उनले ओटीपीको समस्या समाधान गर्दै चाँडै एमएसएम भिडिओमार्फत भेट हुने पनि जानकारी गराएका छन्।

निश्चलले दर्शकलाई आफ्नो चलचित्र हेर्नका लागि एप डाउनलोड गर्न समेत आग्रह गरेका छन्। उनका अनुसार, अमेरिका, जापान, क्यानडा र सिंगापुरमा भने एपमा चलचित्र उपलब्ध हुनेछैन।

उत्साहजनक सोसहित घटनास्थापनाको दिनबाट फिल्म ‘बेहुली फ्रम मेघौली’ प्रदर्शनमा आएको थियो।

चलचित्रले पहिलो साताभरि फिल्म उत्साहजनक व्यापार गर्न सफल भयो। 

‘बेहुली फ्रम मेघौली’को राम्रो अकुपेन्सी हुँदा पनि हिन्दी सिनेमा आएपछि हलवालाले सो घटाएको भन्दै निर्माता निश्चल बस्नेतले सोमबार सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखे।

राम्रो व्यापार गरे पनि अस्वाभाविक रूपमा सो घटाउँदा हलको विकल्प खोज्ने निश्चलले यसअघि नै बताएका थिए। 

यस फिल्ममा निश्चल र स्वस्तिमासहित बसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, टीका पहारीलगायतको अभिनय छ।

फिल्ममा समाज र परिवारले दिने बिहेको दबाबको कथा छ।

बस्नेतले यसअघि वर्षोदेखिको सेयर बाँडफाँटको विवादलाई किनारा लगाएका थिए। आफू निर्देशित फिल्म ‘दिमाग खराब’ प्रदर्शनको बेलामा हलले ५० प्रतिशत सेयर निर्माण पक्षलाई नदिए हलबाट सिनेमा उतार्ने चेतावनी दिएका थिए।

लामो छलफलपछि प्रदर्शकहरूले निर्मातालाई ५० प्रतिशत सेयर दिन तयार भएका थिए। नेपाली र विदेशी फिल्महरूलाई बराबर सो नदिएको र फिल्म लागिरहने बेलासम्म ५० प्रतिशत प्रोड्युसरलाई नदिएको भन्दै ‘दिमाग खराब’को निर्माण पक्षले त्यतिबेला चेतावनी दिएको थियो।

अघिल्लो वर्ष मंसिर ७ गते भएको उक्त सहमतिलाई नेपाली सिने क्षेत्रको ठूलो निर्णयको रुपमा लिने गरिन्छ। निश्चललाई सिनेक्षेत्रको ‘लडाकु’ भन्दै धेरैले प्रशंसा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad