पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफ्ना बुवाका हातबाट दसैँको टीका लगाएका छन्।
नेपाल समाजवादी पार्टी (नेसापा)का अध्यक्षसमेत रहेका भट्टराईले आफ्नो पुख्यौली गाउँ गोरखामा पुगेर आफ्ना बुबा भोजप्रसाद भट्टराईको हातबाट दसैँको टीका तथा जमरा लगाएका हुन्।
सामाजिक सञ्जालमा तस्बिर राख्दै पूर्वप्रधानमन्त्री भट्राईले ३० वर्षपछि आफ्नो पुर्ख्यौली गाउँमा पुगेर दसैँ मनाएकोसमेत उल्लेख गरेका छन्। ।
‘बुबा भोजप्रसाद भट्टराईबाट पुर्खौली घरमा सपरिवार विजयादशमीको टीका ग्रहण! २०५२ सालपछि पहिलोपटक गाउँलेहरूका साथ दशै मनाउँदा अपार हर्षको अनुभूति!’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
153
Shares

प्रतिक्रिया