दक्षिण पश्चिम पाकिस्तानमा कोइला खानीमा भएको आक्रमणमा २० मजदुरको मृत्यु भएको छ।
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा शुक्रवार कोइला खानीमा भएको आक्रमणमा २० मजदुरको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका अधिकारीहरूले बताएका छन्।
घटनाहरू प्रान्तको दुकी जिल्लामा भएको थियो। जहाँ अज्ञात हमलाकारीहरूले कम्तिमा १० कोइला खानीलाई ह्यान्ड ग्रेनेडले निशाना बनाएर भित्र काम गर्ने मजदुरको हत्या र घाइते बनाए।
जिल्लाका राजनीतिक प्रमुख हाजी खैरुल्लाह नसिरले आक्रमणकारीले घटनास्थलबाट भाग्नुअघि खानी र निकासी मेसिनरीमा आगो लगाएको बताए। केही खानी मजदुरलाई समूह बनाएर आक्रमणकारीले गोली हानेर मारेको सञ्चारमाध्यमलाई बताइएको छ।
शव र घाइते कामदारहरूलाई नजिकैको अस्पतालमा लगिएको छ। जहाँ केही घाइतेहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
मारिनेमा अधिकांश बलुचिस्तानका विभिन्न जिल्लाका बासिन्दा रहेको प्रहरीले जनाएको छ । आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन। सिन्ह्वा
Shares

प्रतिक्रिया