मनसुनी वायु कमजोर हुँदै जाँदा नेपालमा पश्चिमी वायुको प्रभाव बढ्दै गएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी प्रदेश, मधेस प्रदेशका अधिकांश स्थान र बागमती प्रदेशको पूर्वी क्षेत्रमा मात्र मनसुनी वायुको प्रभाव छ। देशका बाँकी सबै प्रदेश र स्थानमा पश्चिमी वायुको प्रभाव छ।
अब देशका बाँकी स्थानबाट पनि मनसुन केही दिनमा बाहिरिने सम्भावना देखिएको मौसमविद्हरूले बताइरहेका छन्।
देशको पश्चिमी क्षेत्रबाट पश्चिमी वायुले धकेल्दै जाँदा मनसुनी अर्थात् पूर्वी वायुको प्रभाव पूर्वतर्फ खुम्चिँदै गएको छ। हाल मनसुनी वायुको प्रभाव बागमती प्रदेशको पूर्वी क्षेत्रदेखि पूर्वसम्म मात्र सीमित भएको छ।
पश्चिमी वायुको प्रभाव बढेसँगै देशभर तापक्रम घट्दै र चिसो बढ्दै गएको छ।
यस क्रममा आज (बुधबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १६.६ र अधिकतम २९.६ डिग्री सेल्सियसमा झरेको छ।
यसैगरी देशभर तापक्रम बिस्तारै ओरालो लागिरहेको छ।
हेर्नुहोस् सूची–


Shares

प्रतिक्रिया