हाल कोसी प्रदेश, मधेस प्रदेशको अधिकांश स्थान र बागमती प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव छ। देशका बाँकी स्थानमा भने पश्चिमी वायुको प्रभाव छ।
जसका कारण यतिबेला (बुधबार साँझ) कोसी प्रदेश र देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।
साथै कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति कोसी प्रदेश, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
यस क्रममा कोसी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशसहित देशका बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
यसैबीच काठमाडौँ उपत्यकामा भने आज राति वर्षाको सम्भावना नरहेको मौसम महाशाखाले जानकारी दिएको छ।
Shares

प्रतिक्रिया