ad ad

समाज


उपत्यकामा ५ वर्षमा ३१ हजार दुर्घटना : ९ सय २९ जनाले ज्यान गुमाए, मृतकमध्ये युवा धेरै

उपत्यकामा ५ वर्षमा ३१ हजार दुर्घटना : ९ सय २९ जनाले ज्यान गुमाए, मृतकमध्ये युवा धेरै

वसन्त अर्याल
फागुन २६, २०७६ सोमबार ८:४३,

काठमाडौं उपत्यकामा पाँच वर्षमा ३१ हजार बढी सवारी दुर्घटना परेका छन्। सो क्रममा ९ सय २९ जनाले अकालमै ज्यान गुमाएका छन् भने १ हजार २ सय ४५ गम्भीर घाइते भएका छन्।

ट्राफिक प्रहरीका अनुसार उक्त दुर्घटनाबाट २१ हजार ६ सय ८६ जना सामान्य घाइते भएका छन्।

चालू आर्थिक वर्षको पुस मसान्तसम्म भने ६ हजार ४ सय ३६ सवारी दुर्घटना भएकोमा ९१ जनाको मृत्यु, १५६ गम्भीर घाइते र ४ हजार ३ सय ५८ सामान्य घाइते भएका छन्।

मृत्यु हुनेमा सबैभन्दा धेरै मोटरसाइकल/स्कुटर चालक रहेका छन्। दोस्रोमा पैदलयात्रु रहेका छन्। आर्थिक वर्ष २०७१/०७२ मोटरसाइकल/स्कुटर चालक ५५, ०७२/७३ मा ७५ जनाले दुर्घटनामा ज्यान घुमाएका छन्। त्यस्तै ७३/७४ मा ७७, ७४/७५ मा १ सय ११ र ७५/७६ मा १ सय १५ जनाको मृत्यु भएको छ ।

चालू आर्थिक वर्षमा हालसम्म ३९ जना मोटर तथा स्कुटर चालकले ज्यान गुमाएका छन्। यो पाँच वर्षमा काठमाडौं उपत्यकामा मात्रै ३ सय ५७ पैदलयात्रुले ज्यान गुमाएका छन्।

पुरुष र युवा समूहका ज्यान गुमाउने ज्यादा
सवारी दुर्घटनामा पुरुष र १७ देखि ३५ वर्षका युवा समूहको मृत्यु धेरै हुने गरेको तथ्यांक रहेको छ। आव २०७१/७२ मा ९९ पुरुषको मृत्यु हुँदा ३४ जना महिला रहेका छन्। जसमा ७२ जना युवा समूहका मात्रै रहेका छन् । त्यस्तै आव २०७२/७३ मा १ सय ३० पुरुषले ज्यान घुमाउँदा ३६ महिला परेका छन् । उक्त वर्ष ९२ जना युवा समुहका रहेका छन्।

आव ७३÷७४ मा ६ जनाको युवाले ज्याद गुमाउँदा पुरुष १२१ र महिला ६१ जना रहेका छन् । आव ७४/७५ मा ४७ माहिलाले ज्यान गुमाउँदा १४७ पुरुषले गुमाएका छन् भने १०३ युवा समुहका रहेका छन् । गत आवमा १४७ युवाले ज्यान गुमाउँदा १९६ पुरुष र ५ महिला रहेका छन् । चालु आर्थिक वर्षको ६ महिनामा ७० पुरुष र २० महिलाले ज्यान गुमाउँदा ५५ जना युवा मात्रै रहेका छन्।

मुख्य कारण : चालकको लापरबाही
सवारी दुर्घटनाको मुख्य कारणमा चालक लापरबाही रहेको ट्रफिक प्रहरी महाशाखाले जानकारी दिएको छ। जसमा आव २०७१/७२ मा ४ हजार ५ सय, ७२/७३ मा ५ हजार २ सय, ७३/७४ ५ हजार २ सय, ७४/७५ मा ५ हजार ९ सय दुर्घटना भएका छन्। गत वर्ष ७ हजार ५ सय र चालू आवको ६ महिनामा मात्रै ५ हजार ७ सय ९३ चालकको लापरबाहिको कारण रहेको छ।

त्यस्तै सवारी दुर्घटना हुनुको अर्को कारण सवारीको तीव्रगति रहेको छ। चालू आर्थिक वर्षमा तीव्रगतिको कारण २२९ सवारी दुर्घटना रहेका छन्। मापसेमा २ सय ७९, यान्त्रिक गडबडीले ३३, ओभरटेक ४३, सडकको अवस्थाले १२ दुर्घटना भएका छन् भने पैदयात्रुको लापरबाहीको कारण १, मौसम/चौपायालगायत अन्य कारणले २ सवारी दुर्घटना भएका छन्।

सवारी दुर्घटना दिउँसो १२ बजेदेखि साँझ ६ बजे बढी हुने गरेको तथ्यांकले देखाएको छ। चालू आर्थिक वर्षको ६ महिनामा बिहान ६ बजेसम्म ३ सय ९, बिहान ६ बजेदेखि १२ बजेसम्म १ हजार ९ सय १, १२ देखि साँझ ६ बजेसम्म २ हजार ६ सय ८ र साँझ ६ देखि १२ सम्म १ हजार ५ सय ३ दुर्घटना भएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .