सेल्टिकमाथि सानदार जित दर्ता गर्दै बोरुसिया डर्टमुन्ड यूईएफए च्याम्पियन्स लिगको अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।
मंगलबार राति घरेलु मैदानमा भएको खेलमा डर्टमुन्डले ७–१ को फराकिलो जित निकालेको हो। च्याम्पियन्स लिगमा डर्टमुन्डले लगातार दोस्रो जित निकाल्दा सेल्टिकले भने पहिलो हार व्यहोरेको हो।
डर्टमुन्डको जितमा अडेमीले ह्याट्रिक पूरा गरे। सेरहाउ गुइरासीले दुई गोल गरे। इमरे क्यान र फेलिक्स न्मेचाले समान एक गोल गरे।
पहिलो हाफको सातौँ मिनेटमा नै इमरे क्यानको पेनाल्टी गोलमा डर्टमुन्डले सुरुवाती अग्रता बनाएको थियो। तर त्यसको दुई मिनेटमा नै डेजेन मेडाले सेल्टिकका लागि बराबरी गोल फर्काउँदै खेलमा फर्कने संकेत गरेका थिए।
डर्टमुन्डका लागि अडेमीले खेलको ११,२९ र ४२ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलको ४० औँ मिनेटमा सेरहाउ गुइरासीले पेनाल्टीमा गोल गर्दै टोलीलाई ४–१ को अग्रता दिलाएका थिए।
उनले नै ६६ औँ मिनेटमा अर्को गोल थपे। खेलको ७९ औँ मिनेटमा फेलिक्स न्मेचाले एक गोल थपे।
Shares
प्रतिक्रिया