ad ad

खेल


पीएसजीविरुद्ध आर्सन २–० ले विजयी

पीएसजीविरुद्ध आर्सन २–० ले विजयी

नेपालखबर
असोज १६, २०८१ बुधबार ६:५८, काठमाडौँ

पीएसजीलाई पराजित गर्दै आर्सनलले यूईएफए च्याम्पियन्स लिगमा पहिलो जितको स्वाद लिएको छ। 

इमिरेट स्टेडियममा भएको खेलमा आर्सनलले पीएसजीमाथि २–० को जित निकालेको हो। 

लिगको पहिलो खेलमा एटलान्टासँग बराबरी गरेको आसर्नलले दोस्रो चरणमा आएर पहिलो जित निकालेको हो। 

खेलको पहिलो हाफमा गरेको दुई गोल नै आर्सनलका लागि पर्याप्त भयो। आर्सनलका लागि काइ हाभार्टज र बुकायो साकाले समान एक गोल गरे। 

खेलको २० औँ मिनेटमा हाभार्टजको गोलमा आर्सनलले सुरुवाती अग्रता बनाएको थियो। खेलको ३५ औँ मिनेटमा साकाले एक् गोल थप्दै आर्सनललाई २–० को अग्रता दिलाएक थिए। 

त्यसपछि खेलमा थप गोल हुन नसक्दा आर्सनलले पिएसजीमाथि सहज जित निकालेको हो। लिगमा एक खेलमा जित र एक खेलमा बराबरी गर्दै ४ अंक बनाएको आर्सनल अंक तालिकाको आठौँ स्थानमा छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .