समाज


एसिड प्रहारबाट महिला घाइते

एसिड प्रहारबाट महिला घाइते

नेपालखबर
फागुन २५, २०७६ आइतबार ७:५८,

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– १ महाराजगञ्जमा एक महिलामाथि एसिड प्रहार गरिएको छ। तेजाब प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएका छन्।

गुप्ताको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए। महिलाको निधार र शरीरमा एसिड लागेको छ। एसिड आक्रमणपछि घाइते गुप्ताको कपिलवस्तु जिल्ला अस्पतालमा उपचारपछि युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ।

क्रिकेट ब्याडका विषयमा विवाद चल्दै गर्दा छिमेकी हरिनारायण वरईले एसिड प्रहार गरेको बताइएको छ। वरईले क्रिकेट ब्याड भाचेपछि ब्याडको पैसा तिनुपर्ने भन्दै झगडा भएका बेला ब्याट्रिमा राख्ने एसिड फालेका थिए।

वरई ब्याट्री मर्मत गर्ने पसल सञ्चालन गर्छन्। प्रहरीले वरईको पसलबाट पाँच लिटर तेजाबसमेत बरामद गरेको छ। तेजाब प्रहार गर्ने वरई प्रहरी नियन्त्रणमा रहेका छन्। उनलाई ज्यान मार्ने उद्योगअन्तर्ग मुद्दा दर्ता गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad