सप्तरीमा एक युवा हत्कडीसहित हिरासतबाट फरार भएका छन्।
प्रहरी चौकी काचनको हिरासतबाट आइतबार बिहान करिब २ बजे बोदेबरसाइन नगरपालिका–८ रजपट्टीका करिब ३० वर्षीय महेश यादव फरार भएको प्रहरीले जनाएको छ।
श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले उनलाई शनिबार राति पक्राउ गरेको थियो। पक्राउ परेको केही घण्टामै उनी फरार भएका हुन्। उनको खोजे भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया