पूर्वी नवलपरासीको कोल्हुवामा प्रहरीमाथि नै जाइलाग्ने तीन जनालाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ।
शनिबार साँझ एउटै मोटरसाइकलमा आएका तीन जनाले जाँचमा रहेको प्रहरीमाथि जाइलागेपछि गोली हानेर पक्राउ गरेको प्रहरी उपरीक्षक दीपक रेग्मीले नेपालखबरलाई जानकारी दिए।
पक्राउ पर्नेमा प्रेम महतो, मुन्ना महतो र सुरज महतो रहेका छन्। एक जनाको कम्मरमुनि र खुट्टामा गोली लागेको छ।
सुरक्षा जाँचमा प्रहरी सहायक निरीक्षकसहित दुई जना थिए। तीन जना आएको देखेपछि उनीहरुलाई प्रहरीले रोकेको थियो।
तीन जनामध्ये एक जना मोटरसाइकलबाट झरेर प्रहरी सहायक निरीक्षकलाई धकेलेर लडाएको र धारिलो हतियार दाउले हान्न खोजेपछि गोली हानेर पक्राउ गरिएको एसपी रेग्मीले बताए।

प्रतिक्रिया