समाज


२ महिला एकैठाउँमा मृत भेटिए, मृत्युको कारण खुल्न बाँकी

२ महिला एकैठाउँमा मृत भेटिए, मृत्युको कारण खुल्न बाँकी

नेपालखबर
साउन ११, २०८३ सोमबार ११:२८, काठमाडौँ

नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-१० अकलामाई मन्दिर नजिक अचेत अवस्थामा फेला परेका दुई महिलालाई चिकित्सकले मृत घोषणा गरेका छन्।

मृत्यु हुनेमा बागलुङको जैमिनी नगरपालिका९ घर भई हाल गैंडाकोट नगरपालिका-१२ हर्कपुरमा डेरा गरी ज्याला मजदुरी गर्दै आएकी ३८ वर्षीया कविता राई र भोजपुर घर भई हाल गैंडाकोट नगरपालिका-१० पितौजीस्थित गाई फार्ममा काम गर्दै आएकी करिब ४५ वर्षीया कान्छी राई रहेकी छिन्।

अकलामाई मन्दिर नजिकको चौरमा पूर्व(पश्चिम राजमार्गको बायाँपट्टि दुई महिला अचेत अवस्थामा रहेको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। 

टोलीले दुवैको तत्काल उद्धार गरी भेडाबारीस्थित नगर अस्पताल पुर्‍याएको भए पनि उपचारकै क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।

प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलबाट बियरका बोतल र कुरमुरेका प्याकेट फेला परेका छन्। यस्तै, मृतकहरूको शरीरमा बाह्य चोटपटक नदेखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad