ad ad

समाज


राशिफल ८ असोज : कुम्भको अस्थिरताले निर्णय क्षमता घट्ने, मीनको सरकारी जागिरेले बढुवा पाउने, तपाईँको के?

राशिफल ८ असोज : कुम्भको अस्थिरताले निर्णय क्षमता घट्ने, मीनको सरकारी जागिरेले बढुवा पाउने, तपाईँको के?

नेपालखबर
असोज ८, २०८१ मंगलबार ४:३१, काठमाडौँ

आज मंगलबार, ८ असोज २०८१ (२४ सेप्टेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : अरूलाई प्रभावित पारेर काम बन्नेछ। रमणीय र सुखद यात्राको योग छ। सामाजिक कार्यमा रुचि रहनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

वृष : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ। शैक्षिक क्षेत्रमा पनि सफलता मिल्ला। हिम्मत बढ्नेछ। कुटुम्बबाट विशेष सहयोग मिल्नेछ। पारिवारिक सम्बन्ध कसिलो हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शिवलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

मिथुन : अनावश्यक काममा धन लगानी गर्नु पर्नेछ। झन्झटिलो काममा संलग्न हुनुपर्ने र आर्थिक नोक्सानी होला। वैदेशिक क्षेत्र कमजोर रहनेछ। कार्य सम्पादनमा समस्या आउला। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४१, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज असहायलाई सहयोग गर्ने। अरूलाई दु:ख नदिने।

कर्कट : शुभकार्यको चर्चा चल्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। लक्ष्मी प्राप्तिको योग छ। प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। टाढिएका परिवारजनसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५१, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५० र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।

सिंह : महत्त्वपूर्ण कामको थालनी हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। जोस, जाँगर र उमङ्ग बढ्नेछ। कला र मनोरञ्जनमा अभिरुचि बढ्नेछ। पुँजी बजारमा लगानीको अवसर छ।

भाग्यशाली रङ पर्पल हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ७०, सेयर बजारमा ६४, वैदेशिक कार्यमा ६७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कामको प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

कन्या : नयाँ र शुभकार्यको चर्चा चल्नेछ। रमणीय र सुखद यात्राको योग छ। विज्ञानको ज्ञानमा वृद्धि हुनेछ। पुँजी बजारको लगानीमा नोक्सानी हुन सक्छ। प्रेममा सफलता प्राप्त हुनुका साथै नयाँ कार्य प्राप्तिका योग छन्।

भाग्यशाली रङ रातो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। अरूको कुभलो नचिताउने।

तुला : यात्रामा मालसामान हराउन सक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। पढाइलेखाइमा खासै प्रगति गर्न नसकिने देखिन्छ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ।

भाग्यशाली रङ सेतो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ६४, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ४० र शिक्षामा पनि ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ४८ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज मनमा असल भाव राख्ने। खैरो रङको प्रयोग नगर्ने।

वृश्चिक : रोकिएका काम पूरा हुनेछन्। प्रतिष्ठा र पुरस्कार प्राप्त हुन सक्छ। सुखद यात्राका अवसर प्राप्त हुनेछन्। सेयर बजारमा लगानीको अवसर छ। आर्थिक उन्नतिका साथै परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ।

भाग्यशाली रङ हल्का पहेँलो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ४४, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ७० र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीको स्मरण गरी कामको प्रारम्भ गर्ने। जोकोहीलाई हतपत विश्वास नगर्ने।

धनु : सामूहिक यात्रा रमाइलो एवं फलदायी हुनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य अघि बढ्नेछन्। मनमा उत्साह छाउनेछ र बोली बिक्ने समय छ। सेयर बजारले पनि साथ दिनेछ।

भाग्यशाली रङ निलो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ५९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८१, यात्राको योग ४४ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। पहेँलो रङको प्रयोग नगर्ने।

मकर : स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। प्राविधिक कार्यमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ५ हो भने प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७०, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृद्धवृद्धालाई सहयोग गर्ने। अरूको कुरा नकाट्ने।

कुम्भ : स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। मनमा देखिने अस्थिरता र अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ। पढाइलेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ। साँझमा भने सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४१, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७० र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ५५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। जथाभावी नबोल्ने।

मीन : भाग्यले विभिन्न अवसर जुराउनेछ। नयाँ काम वा रोजगारीको अवसर मिल्नेछ। सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन्। लक्ष्मी प्राप्तिको राम्रो योग रहेको छ। प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ७०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रिसलाई वशमा राख्ने। कालो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .