ad ad

समाज


इन्द्रजात्रामा सहभागी हुन जुद्ध सालिकबाट हिँडेर वसन्तपुर पुगे राष्ट्रपति पौडेल

इन्द्रजात्रामा सहभागी हुन जुद्ध सालिकबाट हिँडेर वसन्तपुर पुगे राष्ट्रपति पौडेल

नेपालखबर
असोज १, २०८१ मंगलबार १४:४२, काठमाडौँ

इन्द्रजात्रामा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल वसन्तपुर पुगेका छन्। राष्ट्रपति पौडेल जुद्ध सालिकबाट हिँडेर वसन्तपुर पुगेका हुन्। 

 राष्ट्रपति पौडेललाई काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल लगायतका पदाधिकारीले स्वागत गरे।

अघिल्लो वर्षदेखि राष्ट्रपतिलगायत उच्चपदस्थ व्यक्तिहरू जुद्ध सालिकबाट हिँडेर जान थालेका हुन्। 

काठमाडौँको वसन्तपुरमा इन्द्रजात्राको अवसरमा विशेष कार्यक्रम आयोजना हुन्छ। राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत उच्चपदस्थहरूलाई इन्द्रजात्रामा सहभागी हुन निम्तो गरिएको थियो।

बिहीबार वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा पर्व मनाइँदैछ। राष्ट्रपतिले इन्द्रजात्रा हेर्ने चलन छ । 

इन्द्रजात्रामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि पुग्ने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .