ad ad

राजनीति


किसान र कृषि मन्त्रालयबीच दूरी घटाउनुपर्ने आवश्यकता छ : मन्त्री अधिकारी

किसान र कृषि मन्त्रालयबीच दूरी घटाउनुपर्ने आवश्यकता छ : मन्त्री अधिकारी

नेपालखबर
असोज १, २०८१ मंगलबार १४:४९, काठमाडौँ

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले किसान र कृषि मन्त्रालयबीचको दूरी कम गर्नेगरी काम गरिरहेको बताएका छन्।

मंगलबार काठमाडौंमा बल्खु कृषि तथा तरकारी बजारको १३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन्। कृषिमन्त्री अधिकारीले कृषि क्षेत्र र किसानका बीचमा धेरै समस्या रहेको भएपनि किसान र मन्त्रालयबीच समन्वय नहुँदा समस्या समाधान हुन नसकेको बताए।

उनले किसान र मन्त्रालयबीच समन्वय र सम्पर्क नजिक बनाउने गरी मन्त्रालयले काम गरिरहेको जनाए। मन्त्री अधिकारीले किसानका समस्या सिधै मन्त्रालयसँग जोडिनु पर्ने आवश्यकता रहेको उल्लेख गरे।

कृषिमा धेरै किसिमका समस्याहरु रहेको तर किसान र मन्त्रालय तथा कृषि मन्त्रालय अन्तरर्गतका निकायहरुबीच भेटघाट हुने नगरेको स्वीकार गरे।

उनले भने,‘कृषिमा धेरै किसिमका समस्याहरु छन्। तर किसान र मन्त्रालय तथा कृषि मन्त्रालय अन्तर्गतका निकायहरुबीच भेटघाट छैन। कृषिका कर्मचारीहरु कस्ता छन् ग्रामिण क्षेत्रका किसानहरूले देखेका पनि छैनन्। देशभरका किसानहरूको लागि कृषि मन्त्रालय हो तर सरकार सच्चा किसानहरूको बीचमा पुगेर सल्लाह दिनसकेका छैनौं।’

देशभरका किसानको लागि कृषि मन्त्रालय रहेको भन्दै सरकार सच्चा किसानको बीचमा पुग्न सक्नुपर्ने बताए।

मन्त्री अधिकारीले मुलुकमा जीविकोपार्जन, बिहान बेलुका दुई छाक टार्ने र ठूलो परिणाम व्यवसायिक उत्पादन गर्ने किसान गरी तीन प्रकारका किसानहरू रहेको बताए। उनले किसान र मन्त्रालयबीचको दूरी नजिक बनाउनुपर्ने आवश्यकता देखिएको पनि बताए।

उनले भने, ‘मुलुकमा तीन प्रकारका किसानहरु रहेका छन्। जीविकोपार्जनको लागि अर्को विहान बेलुका दुई छाक टार्ने र अर्को खालका ठूलो परिणाममा काम गरेर व्यवसायिक किसानहरू छन्। तर किसानको लागि सबै ठाँउबाट सहयोग गरौं। किसान र मन्त्रालयबीचको दूरी नजिक बनाउनुपर्ने आवश्यकता देखिएको छ।’

मन्त्री अधिकारीले सरकारले उत्पादनमा जोड दिन नसके र समयमा मल बीउको व्यवस्थापन गर्न नसके भने आयातमा निर्भर बन्नुपर्ने अवस्था आउने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .