ad ad

ग्लोबल


धरौटीमा छुटेको २ दिनपछि केजरीवालको घोषणा- मुख्यमन्त्री पदबाट राजीनामा दिँदै छु

धरौटीमा छुटेको २ दिनपछि केजरीवालको घोषणा- मुख्यमन्त्री पदबाट राजीनामा दिँदै छु

नेपालखबर
भदौ ३०, २०८१ आइतबार १३:४, काठमाडौँ

धरौटीमा जेलबाट रिहा भएको दुई दिनपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। 

बीबीसी हिन्दीका अनुसार आइतबार आम आदमी पार्टीको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन्। 

उनले भने, ‘म सीएम (मुख्यमन्त्री) बाट राजीनामा दिँदै छु र जनताको फैसला नआएसम्म म सीएमको कुर्सीमा बस्ने छैन।’

केजरीवालले थपे, ‘म जनताको बीचमा जान्छु, हरेक गल्लीमा जान्छु, घरघरमा जान्छु र जनताले केजरीवाल इमान्दार छन् भन्ने फैसला नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन।’

भिडिओ-

मदिरा नीतिमा भ्रष्टाचार गरेको आरोपमा तिहाड जेलमा रहेका केजरीवाल भारतीय सर्वोच्च अदालतले धरौटीमा रिहाको आदेश दिएपछि गत शुक्रबार साँझ जेलमुक्त भएका थिए। 

मुद्दा यस्तो

केजरीवाल नेतृत्वको दिल्ली सरकारले मार्च २०२१ मा नयाँ अन्तःशुल्क नीति अनुमोदन गरेको थियो।

जसमा सरकारी मदिरा पसल बन्द गर्नेदेखि मदिरा पिउने न्यूनतम उमेर २५ वर्षबाट २१ वर्षमा झार्नेसम्मका निर्णय थिए।

नयाँ अन्तःशुल्क नीति लागू भएपछि दिल्लीका सबै मदिरा पसल निजीको हातमा गयो। दिल्ली सरकारले यस व्यवसायबाट राजस्व बढ्ने तर्क गरेको थियो।

तर दिल्ली सरकारको यो नीति सुरुदेखि नै विवादमा थियो। आयात शुल्क हटाएर लाइसेन्सवालालाई अनुचित फाइदा दिएको आरोप छ। साथै दिल्ली सरकारले कमिसन लिएको आरोप पनि लागेको छ। यो पैसा पन्जाब  विधानसभा चुनावमा प्रयोग भएको दाबी गरिएको छ।

विवाद चर्किएपछि सरकारले नयाँ नीतिलाई अस्वीकार गर्दै २०२२ जुलाईमा फेरि पुरानै नीति लागू गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .