ad ad

समाज


सशस्त्र प्रहरी टोलीद्वारा लाखौंका अवैध सामान बरामद

सशस्त्र प्रहरी टोलीद्वारा लाखौंका अवैध सामान बरामद

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार ११:४,

सुनसरी जिल्लाको वर्जु गाउपालिका २ स्थित भिमपुर सडक खण्डबाट सशस्त्र प्रहरीको एपीएफ टोलीले करिब एक लाख ९७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद गरेको छ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल नेपाल नम्वर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा वेश मलंगवाबाट खटिएको एपीएफ टोलीले करिब ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको ९ वटा मोवाईल सेट बरामद गरेको छ।

बीआर३०टी १३२५ भारतीय नम्वरको मोटरसाईकलमा अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त मोवाईल एपीएफ टोलीले सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो।

एपीएफ टोलीले त्यसबेला उक्त मोटरसाईकल समेत बरामद गरेको छ। बरामद मोवाइल तथा मोटरसाईकल भन्सार कार्यालय मलंगवामा बुझाईएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .