ad ad

समाज


अफगानिस्तानमा आक्रमण हुँदा २० को मृत्यु

अफगानिस्तानमा आक्रमण हुँदा २० को मृत्यु

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार ११:४,

सिया मुस्लिमहरुको भेलामा उक्त आक्रमण भएको बताइएको छ। हजारा जिल्लामा शहिदको सम्झनामा आयोजना गरिएको कार्यक्रममा विपक्षी नेता अब्दुल्लाह अब्दुला पनि सहभागी थिए।

आक्रमणमा उनी बाँच्न सफल भएको वासिङ्टन पोस्टले जनाएको छ। करिब आधाघण्टा उक्त क्षेत्रमा गोलाबारी भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

अमेरिका र तालिबानबीच भएको शान्तिवार्तापछि यतिबेला फेरि अफगानिस्तानमा युद्ध सुरु भएको छ। शान्तिवार्ताले युद्ध अन्त्य हुने अनुमानकाबीच त्यहाँ फेरि हिंसा मच्चिएको छ।

शुक्रबारको आक्रमण भने आफूले नगरेको तालिबानले बताएको छ। दुईदिन अगाडि तालिबानी आक्रमणमा २० अफगान सेनाको ज्यान गएको थियो।

आफ्ना लडाकू नछाड्ने सरकारको प्रतिक्रिया आएपछि तालिबानले आक्रमण गरेको थियो। अमेरिकाले पनि सोही दिन तालिबानीमाथि हवाई आक्रमण गरेको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .