ad ad

समाज


राति यी तीन प्रदेशमा हावाहुरीसहित ठूलो वर्षाको सम्भावना

नेपालमा एकसाथ दुइटा मौसम प्रणालीको प्रभाव
राति यी तीन प्रदेशमा हावाहुरीसहित ठूलो वर्षाको सम्भावना

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
भदौ २७, २०८१ बिहिबार १८:१२, काठमाडौँ

हाल (बिहीबार साँझ) कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूपरश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार राति पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा जारी रहने सम्भावना छ। 

अनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान साथै बाँकी प्रदेशका एक/दुई स्थानमा हावाहुरीसहित भारी वर्षाको पनि सम्भावना छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले साँझको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेको छ। 

हाल नेपालमा एकसाथ दुइटा मौसम प्रणालीको प्रभाव परिरहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसापस अवस्थित छ। मौसम महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .