ad ad

राजनीति


श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराई–सार्क र बिमस्टेकलाई क्रियाशील बनाउन प्रयास गर्छु

श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराई–सार्क र बिमस्टेकलाई क्रियाशील बनाउन प्रयास गर्छु

नेपालखबर
भदौ २७, २०८१ बिहिबार १८:१३, काठमाडौँ

श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आफू नियुक्त भएमा सार्क र बिमस्टेकलाई क्रियाशील बनाउन कूटनीतिक प्रयास गर्ने बताएका छन्।

बिहीबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत भट्टराईले असंलग्न परराष्ट्र नीतिको परिधिभित्र रहि नेपाल र श्रीलंकाबीचको द्वीपक्षीय सम्बन्धलाई सुदृढ र फलदायी बनाउन प्रयास गर्ने बताए। 


त्यस्तै उनले क्रिकेट लगायतका कतिपय खेलमा श्रीलंकाको अनुभव र प्रविधि नेपाललाई आवश्यक भएको भन्दै खेलकुदमा सहकार्यको वातावरण बनाउन पहल गर्ने समेत प्रतिवद्धता जनाए।

लुम्बिनी बौद्ध विश्वविद्यालय र श्रीलंकामा सञ्चालित बौद्ध विश्वविद्यालयहरुका बीचमा आपसी सहकार्य गर्ने परिस्थिति बनाउन जोड दिने पनि उनले बताए।

भट्टराईले लुम्बिनी, काठमाडौँ र कोलम्बोबीच नियमित हवाइ उडान सञ्चालनका लागि पहल गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .