ad ad

समाज


इटालीबाट २६ राष्ट्रमा पुग्यो कोरोना, १ सय ५० को मृत्य हुँदा ३८ सय संक्रमित

इटालीबाट २६ राष्ट्रमा पुग्यो कोरोना, १ सय ५० को मृत्य हुँदा ३८ सय संक्रमित

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार १०:४१,

सीएनएनकाअनुसार इटालीसँग सम्बन्धित घटनामा ३८ सय जना हाल कोरोनाबाट संक्रमित छन् भने १ सय ५० जनाको मृत्यु भइसकेको छ।

फेब्रुअरी महिनाको अन्तिमबाट इटालीमा कोरोनाको संक्रमण तिब्र गतिमा फैलिएको थियो। यसबचिमा इटालीका पर्यटकहरु तथा इटाली घुम्न गएको पर्यटकहरु विश्वका २६ राष्ट्रमा पुगेका थिए।

सोही क्रममा पर्यटकहरुबाट ती राष्ट्रहरुमा कोरोना फैलिएको बताइएको छ।

इटालीबाट कोरोना फैलिएका राष्ट्रको सूचीः

१. संयुक्त राज्य अमेरिका
२. जिब्राल्टर
३. युक्रेन
४. जर्जिया
५. रुस
६. ग्रिस
७. बेलायत
८. डेनमार्क
९. उत्तरी मसेडोनिया
१०. स्वीजरल्यान्ड
११. नेदरल्यान्ड्स
१२. क्रोएसिया
१३. बेलिजियम
१४. पोर्चुगल
१५. आइसल्यान्ड
१६. आएरल्यान्ड
१७. उत्तरी आयरल्यान्ड
१८. मलेसिया
१९. थाइल्यान्ड
२०. न्युजिल्यान्ड
२१. भारत
२२. इजरायल
२३. अर्जेन्टिना
२४. ब्राजिल
२५. डोमिनिकन रिपब्लिक
२६. मेक्सिको

बिहीबारसम्मको तथ्यांकअनुसार हाल विश्वमा ९८ हजार ४३३ जना कोरोनाबाट संक्रमित छन्। ३३ सय ८४ को मृत्यु भइसक्दा ५५ हजार १८९ उपचारपछि स्वस्थ बनेका छन्।

चीनमा ८० हजार ५५२ संक्रमित छन् त्यहाँ ३ हजार ४२ कावे मृत्यु भइसकेको छ। इटालीमा भने ३८ सय ५८ कोरोनाबाट संक्रमित छन्। त्यहाँ १ सय ४८ को मृत्यु भइसककेको छ। कोरोनाका कारण चीनपछि सबैभन्दा बढी मृत्युदर भएको राष्ट्र इटाली हो। एजेन्सी

यो पनि:

कोरोनाभाइरसको संकेत देखिए के गर्ने? यस्ता छन् बच्ने उपायहरु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .