ad ad

समाज


शिक्षा मन्त्रालयको स्पष्टीकरण : एसईई परीक्षा चैत ६ देखि नै हुन्छ

शिक्षा मन्त्रालयको स्पष्टीकरण : एसईई परीक्षा चैत ६ देखि नै हुन्छ

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार १०:२६,

शिक्षा मन्त्रालयले विश्वव्यापी बनिरहेको कोरोना भाइरस संक्रमणलाई लिएर नेपालमा परीक्षाहरु स्थगित भएका, विद्यालय बन्द हुनथालेका भनी आएका सूचना तथा समाचारबारे ध्यानाकर्षण भएको जनाएको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको भनी आएका सूचनाको पनि खण्डन गरेको छ। मन्त्रालयका अनुसार चैत ६ देखि हुने गरी यसअघि नै तय भएको एसईई परीक्षा यथावत् समयतालिकाअनुसार सञ्चालन हुने स्पष्ट पारेको छ।

मन्त्रालयले भनेको छ, ‘चैत ६ देखि तय भएको एसईई परीक्षा यथावत् सञ्चालन हुनेछ।’ त्यस्तै उसले परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्ने सूचना गलत भएको भन्दै भ्रममा नपर्न अपिल गरेको छ।

मन्त्रालयले विकसित अवस्थाबारे नियमित रुपमा समीक्षा र विश्लेषण गरिरहेकोले आवश्यकता र औचित्यका आधारमा थप निर्णय भएमा मन्त्रालयले जानकारी दिने उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .