मिर्गौलाको प्रत्यारोपण गराएर त्रिवि शिक्षण अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजदेखि सामान्य रुपमा हिँडाउन सुरु गरिएको छ।
अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीलाई आजदेखि सामान्य हिँड्डुल गराउन थालिएको र ठोस कुरा खुवाउन सुरु गरिएको छ।
बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका उनको अन्य सबै ल्याब रिपोर्ट पनि राम्रो रहेको कार्यकारी निर्देशक खड्गाले बताए। प्रधानमन्त्री ओलीले आज बिहान आफ्ना सल्लाहकार विष्णु रिमालसँग केहीबेर कुरा गरी आफू छिट्टै बालुवाटार फर्केर नियमित काम थाल्ने सन्देश पठाएका थिए।
प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको अवस्था पनि सामान्य भएको र उनलाई पनि ठोस पदार्थ दिन थालिएको उनले बताए।
3
Shares
प्रतिक्रिया