भुटानमा पनि कोरोना संक्रमण सुरु भएको छ। त्यहाँ पहिलोपटक कोरोना संक्रमित फेला परेका हुन्।
भुटानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसारस भुटानमा रहेका एक अमेरिकी नागरिकमा बिहीबार कोभिड-१९ अर्थात् संक्रमण पाइएको हो।
भुटान भ्रमणमा रहेका ती ७६ वर्षीय अमेरिकी नागरिकमा भाइरसको संक्रमण देखिएको हो द भुटनिजले उल्लेख गरेको छ।
ती अमेरिकी ड्रुक एयरमार्फत भारतको गुवाहटी हुँदै मार्च २ मा भुटानको पारो विमानस्थलमा ओर्लिएका थिए।
विमानस्थलमा जाँच गर्दा सामान्य ज्वरो मात्रै देखिएको थियो। तर पछि भुटानको थिम्पुस्थित एक अस्पतालमा परीक्षण गर्दा उनमा कोरोना भाइरस देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
प्रतिक्रिया