ad ad

ग्लोबल


कोरोनाबाट चीनपछि इटलीमा धेरैको मृत्यु, विश्वभर ९५ हजार संक्रमित

 कोरोनाबाट चीनपछि इटलीमा धेरैको मृत्यु, विश्वभर ९५ हजार संक्रमित

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार ४:३३,

चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड १९)बाट हालसम्म विश्वभर करिब ३३ सयको मृत्यु भइसकेको छ।

अहिलेसम्म चीनमा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार १२ पुगेको छ। त्यहाँ ८० हजार ४०९ जना संक्रमित देखिएका अधिकारीहरुले जनाएका छन्।

चीनपछि इटलीमा कोरोना भाइरसको संक्रमण दर उच्च देखिएको छ। कोरोनाबाट बिहीबार मात्रै इटलीमा थप ४१ जनाको मृत्यु भएको छ।

योसँगै इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ। त्यहाँ तीन हजारभन्दा धेरै संक्रमित छन्।

त्यसैगरी इरानमा १०७, दक्षिण कोरियामा ३५, अमेरिकामा १२, फ्रान्समा ४, जापानमा ६ जनाको मृत्यु कोरोना संक्रमणबाट भइसकेको छ। अहिलेसम्म विश्वका ८० देशमा कोरोना संक्रमित देखिएका छन्। विश्वभर संक्रमितका संख्या ९५ हजार नाघेको छ।

छिमेकी देश भारतमा संक्रमितको संख्या ३० नाघेको छ। कोरोना संक्रमण बढेपछि राजधानी नयाँदिल्लीका सबै प्राथमिक विद्यालय बन्द गरिएका छन्।

बिहीबार मात्रै बेलायतमा पनि पहिलो पटक एक व्यक्तिको कोरोनाको कारण मृत्यु भएको

यस्तै बोस्निया हर्जगोभिना, स्लोभानिया, दक्षिण अफ्रिकामा पनि यसका संक्रमित भेटिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .