ad ad

खेल


एसीसी इस्टर्न रिजनः नेपाल-सिंगापुर खेल रद्द

एसीसी इस्टर्न रिजनः नेपाल-सिंगापुर खेल रद्द

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार ५:४७,

एसीसी इस्टर्न रिजन टी-ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार हुने भनिएको नेपाल र सिंगापुरबीचको खेल रद्द गरिएको छ।

थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा स्थानीय समयअनुसार बिहान १०:३० बजे हुने भनिएको खेल वर्षाले खेल मैदान बिगारेका कारण रद्द गरिएको हो।

वर्षाको पानीले खेल मैदान गिलो भएपछि सुरुमा बिहान सवा ८ बजेका लागि तोकिएको खेल १०:३० बजेका लागि सारिएको थियो।

तर गिलो मैदानका कारण टस समेत हुन नसक्दा खेल रद्द भएको एसियन क्रिकेट काउन्सिल एसीसीले जनाएको छ।

खेल रद्द भएसँगै दुवै टोलीले १-१ अंक बाँडेका छन्। योसँगै नेपालको इस्टर्न रिजनमा यात्रा पनि सकिएको छ।

४ खेल मध्ये १ मा जित, २ मा हार र १ खेल रद्द भएपछि नेपा ३ अंकमा चौथो स्थानमा रहँदै थाइल्याण्ड यात्रा सकाएको छ।

नेपाल मलेसियासँग २२, हङकङसँग ४३ रनले पराजित हुँदा थाइल्यान्डलाई ९ विकेटले हराएको थियो।

सिंगापुरले मलेसियालाई १ सय २८ रन, थाईल्यान्डलाई ४३ रन र हङकङलाई १६ रनले पराजित गरेको थियो।

योसँगै सिंगापुरले इस्टर्न रिजनको उपाधि जितेको छ। सिंगापुर ४ खेलमा ३ मा जित र १ मा रद्ध सहित ७ अंकका साथ च्याम्पियन बनेको हो।

आजको दोस्रो खेलमा हङकङ र मलेसिया भिड्दै छन्।

दुवैको ३ खेलमा समान २ मा जित र १ मा हार सहित ४ अंक छ। विजेता टोली दोस्रो स्थानमा रहँदै आगमी अगस्टमा मलेसियामा हुने एसिया कप छनोटमा स्थान बनाउनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .