ad ad

समाज


एक वर्षमा ७ हजार २२३ नेपालीले गरे आत्महत्या

एक वर्षमा ७ हजार २२३ नेपालीले गरे आत्महत्या

नेपालखबर
भदौ २३, २०८१ आइतबार १८:०, काठमाडौँ

नेपालमा आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेका छन्।

आइतवार विश्व आत्महत्या रोकथाम दिवसको उपलक्ष्यमा काठमाडौंमा आयोजित कार्यक्रममा सो तथ्यांकबारे जानकारी गराइएको हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले नेपालको हकमा गत आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेको बताए। उनले नेपालमा सरदर दिनमा २० जनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको बताए।

एसडिजीको लक्ष्य ४.७ मा झार्ने भएपनि आत्महत्याको दर झनै बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। नेपालमा बयस्कमा ६.५ प्रतिशत र ३.९ प्रतिशत किशोरकिशोरीले आत्महत्या गर्ने सोच राख्ने गरेको र १५ देखि ४५ वर्षका प्रजजन उमेर समूहका महिलाहरुको मृत्युको पहिलो कारण आत्महत्या रहेको बताए।

उनकाअनुसार आत्महत्याका धेरै कारणहरुमध्ये बायोलोजिकल कुरा, मानसिक रोग, फिजिकल, साइकोसोसियल, साइकोलोजिकल कारण रहेको बताए। त्यस्तै सामाजिक, सांस्कृतिक र आर्थिक कारणले पनि आत्महत्या गर्ने गरेको बताए।

उनले भने, ‘आत्महत्याका धेरै कारणहरु छन्। सबै व्यक्तिमा एउटै कारण त हुन्न। तर मुख्य कारणहरु हेर्दा बायोलोजिकल कुराहरु, मानसिक रोगका कुराहरु पनि छन्। फिजिकल, साइकोसोसियल, साइकोलोजिकल कारण पनि छन्। सामाजिक र सांस्कृतिक कारणहरु पनि छन्। आर्थिक कारणले पनि धेरैले आत्महत्या गरेका छन्। आत्महत्याको विद्यमान कारणहरु मृत्युका कारणहरुमध्ये आत्महत्या १५ औं कारण हो।’

डा यादवले थपे, ‘वार्षिक ७ लाख मानिसहरु आत्महत्याको कारणले मृत्यु वरण गर्दा रहेछन्। हरेक ४० सेकेण्डमा एक मानिसले आत्महत्या गर्दा रहेछन्। विश्वमा ७७ प्रतिशत आत्महत्याका घटनाहरु लो एण्ड मिडिल इन्कम देशमा हुने गरेका छन्। त्यसमध्ये पनि साउथ इस्ट एशियामा मात्रै ३९ प्रतिशत रहेको छ। अध्ययनकाअनुसार ४ लाख ५५ हजार प्रतिवर्षको दरले मृत्यु भइरहेको अध्ययनले देखाएको छ।’

विश्वमा ७७ प्रतिशत आत्महत्याका घटनाहरु अति कम र मध्यम आर्थिक अवस्था भएका देशमा हुने गरेका छन्। त्यसमध्ये पनि साउथ इस्ट एशियामा मात्रै ३९ प्रतिशत रहेको छ।

यस वर्ष ‘आत्महत्या दिवसबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ भन्ने नारासहित’ विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .