ad ad

कारोबार


सरकारले हालसम्मका सबै हवाइ दुर्घटनाबारे छानबिन गर्ने

सरकारले हालसम्मका सबै हवाइ दुर्घटनाबारे छानबिन गर्ने

सौर्य जहाज दुर्घटनाको फाइल तस्बिर


नेपालखबर
भदौ २३, २०८१ आइतबार १८:१०, काठमाडौँ

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाइ दुर्घटनाबारे बनेका छानबिन समितिले औँल्याएका सवालबारे अध्ययन गर्न उच्चस्तरीय  छानबिन समिति बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा दिवंगत भएकाहरूको सम्झना तथा ४५औँ दिनको पुण्यतिथिको सन्दर्भमा आइतबार राजधानीमा आयोजित श्रद्धाञ्जली सभा तथा नेपालमा हवाइ सुरक्षा विषयक अन्तर्क्रिया बोल्दै मन्त्री पाण्डेले नयाँ समिति बनाउने बताएका हुन्। 

‘हवाइ दुर्घटनाबारे विगतमा थुप्रै अलग अलग अध्ययन र अनुसन्धान भएका छन्। तिनीहरूलाई  एकीकृत गरेर एक ठाउँमा राख्नुपर्नेछ’, उनले भने, ‘नागरिक उड्डयनको क्षेत्रलाई सुरक्षित पार्नका लागि न्यायिक क्षेत्रको व्यक्तिको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनाउनेछौँ। त्यस समितिले अध्ययन गरेका कुरालाई सरकारले समेत शिरोधार्य गर्नेछ।’

 उनले सौर्य एयरलाइन्सको दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदन प्राप्त भइसकेको उल्लेख गर्दै प्रतिवेदन सत्य, तथ्यनजिक पुगेको बताए। 

 मन्त्री पाण्डेले हवाइ क्षेत्रलाई सुरक्षित बनाउन नियामक निकाय र सेवा प्रदायक निकायलाई छुट्याउने गरी ल्याएको विधेयक अर्थ, कानुन हुँदै मन्त्रालय पुगेको बताए। 

 उनले दुर्घटनाका पीडितहरूले पाउनुपर्ने बीमाका विषयमा बीमासम्बन्धी ऐन निर्माण गर्नुपर्ने र पछिल्लो सन्धिहरूको मस्यौदाको क्रममा रहेको बताउँदै हवाइ ऐनलाई समेत समयसापेक्ष हुने गरी परिमार्जन गरिने बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .