ad ad

समाज


पहिरो हटाएपछि पृथ्वी राजमार्गमा यातायात सञ्चालन

पहिरो हटाएपछि पृथ्वी राजमार्गमा यातायात सञ्चालन

फाइल तस्बिर


नेपालखबर
भदौ २२, २०८१ शनिबार १०:७, काठमाडौँ

पहिरो हटाएपछि पृथ्वीराजमार्गमा सवारी साधन सञ्चालनमा आएका छन्।  

जिल्ला प्रहरी कार्यालय  चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध बनेको  थियो। 

सडक विभागको समन्वयमा पहिरो हटाएपछि शनिबार बिहान पौने ९ बजेदेखि यातायात  दुईतर्फी नै सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .