ad ad

ग्लोबल


इजरायली सेनाको गोलीबाट २६ वर्षीया अमेरिकी-टर्की युवतीको मृत्यु

वेस्ट बैंकमा प्रदर्शन गरिरहेकी थिइन्, टाउकामै लाग्यो गोली
इजरायली सेनाको गोलीबाट २६ वर्षीया अमेरिकी-टर्की युवतीको मृत्यु

इजरायली सेनाको गोलीबाट मारिएकी अमेरिकी-टर्की युवतीको फाइल तस्बिर


नेपालखबर
भदौ २२, २०८१ शनिबार १०:२८, काठमाडौँ

इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा इजरायली सेनाको गोलाबारीमा टाउकोमा गोली लाग्दा २६ वर्षीया अमेरिकी-टर्की युवतीको मृत्यु भएको छ।

बीबीसीका अनुसार शुक्रबार इजरायली सेनाको गोलीबाट आयसेनुर इज्गी एगी नामकी युवतीको मृत्यु भएको हो। 

दोहोरो नागरिकता भएकी उनी नाब्लसनजिकैको बेटा सहरमा नयाँ यहुदी बस्ती निर्माणको विरोधमा भाग लिइरहेकी थिइन्। 

स्थानीय सञ्चारमाध्यमका अनुसार एगीलाई इजरायली सैनिकहरूले गोली हानेका हुन्। 

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले उक्त क्षेत्रमा बन्दुकको गोली लागेर एक विदेशी नागरिकको मृत्यु भएको रिपोर्टको अनुसन्धान गरिरहेको बताएको छ।

शुक्रबारको प्रदर्शनमा संलग्न अन्य व्यक्तिका अनुसार एगी अन्तर्राष्ट्रिय एकता आन्दोलनसँगको प्रदर्शनमा यो पहिलोपटक भाग लिइरहेकी थिइन्। 

अन्तर्राष्ट्रिय एकता आन्दोलन (इन्टरन्यासनल सोलिडारिटी मुभमेन्ट) प्यालेस्टाइन समर्थक समूह हो।

यसैबीच युवती मारिएको घटनालाई अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ‘दुःखद’ भनेका छन् भने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायली कारबाहीलाई ‘बर्बर’ भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .