ad ad

समाज


बालेनलाई अनेरास्ववियुका अध्यक्षको आरोप- तपाईँ कुनै महिलामाथि हिंसा र ज्यादती गर्दै हुनुहुन्छ

बालेनलाई अनेरास्ववियुका अध्यक्षको आरोप- तपाईँ कुनै महिलामाथि हिंसा र ज्यादती गर्दै हुनुहुन्छ

नेपालखबर
भदौ १८, २०८१ मंगलबार १०:५८, काठमाडौँ

एमाले निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमा गलत कुरा लेखेर महिला हिंसा र ज्यादती गरेको आरोप लगाएका छन्। 

मेयर बालेनले एमाले प्रदेश सांसद रेखा शर्माले ८ वर्षदेखि एक नाबालिगलाई हिंसा गरेको र कारबाही गर्न वर्तमान सरकारले नमानेको आरोप लगाउँदै आएका छन्।

मेयर बालेनले सोमबार सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्ना कार्यकर्तालाई सामान्य ज्ञान दिएर मात्रै राजनीतिमा ल्याउन सुझाव दिएका थिए। 

आफ्नो उक्त अभिव्यक्तिको प्रतिवाद गरेका अनेरास्ववियुका अध्यक्ष बडाललाई लक्षित गर्दै मेयर शाहले एमाले अध्यक्ष ओलीलाई आफ्ना कार्यकर्तालाई सामान्य ज्ञान दिएर मात्रै राजनीनिमा ल्याउन सुझाब दिएका थिए।  

मेयर बालेनको उक्त अभिव्यक्तिको प्रतिवाद गर्ने क्रममा बडालले मेयर बालेनले महिला हिंसा र ज्यादती गरेको आरोप लगाएका हुन्। 

‘सञ्जालमा झुटो विषय लेखेर मलाइ बालेनजीले अध्ययन गर्न सुझाउनु भएको विषय पढेँ,’ अध्यक्ष बडालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै कानुनविदले तपाईँले उठाएको विषय बालहिंसामा सरकारलाई सर्वोच्च अदालतले रेखा शर्मालाई समात्न आदेश दिएको प्रमाणसहित अगाडि ल्याउनुहोस्। तपाईँले प्रमाण दिन नसकेको गलत विषय सञ्जालमा लेखेर कुनै महिलामाथि तपाईँको हिंसा र ज्यादती धेरै नबढाउनुहोस्। महानगरको आर्थिक अपचलनमा तपाईँको सचिवालय र परिवारको लुटलाई प्रोत्साहन गरेर दुनियाँको आँखामा छारो हाल्ने तपाईँको असलियत चाँडै जनताले थाहा पाउनेछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .