संसदीय सुनुवाइ समितिले आज प्रस्तावित एकजना राजदूतसँग मात्रै छलफल गर्ने भएको छ।
समितिले आज कतारका लागि प्रस्तावित राजदूत रमेशचन्द्र पौडेलसँग छलफल गर्ने भएको हो।
गएको आइतबारबाट सुरु भएको प्रस्तावित राजदूतहरूको सुनुवाइ अन्तरर्गत आज पौडेलको सुनुवाइ हुन लागेको हो।
समितिले आइतबार चार र सोमबार चार जना प्रस्तावित राजदूतसँग सुनुवाइ गरेको थियो।
आइतबार भारत, चीन, डेनमार्क र जर्मनीका लागि प्रस्तावित राजदूतको सुनुवाइ भयो भने सोमबार मलेसिया, इजरायल, पोर्चुगल र पाकिस्तानका लागि प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो।
21
Shares
प्रतिक्रिया