ad ad

समाज


शंखमूलमा पुल हाउसका सञ्चालकको हत्या आरोपी पक्राउ

शंखमूलमा पुल हाउसका सञ्चालकको हत्या आरोपी पक्राउ

नेपालखबर
भदौ १२, २०८१ बुधबार १८:७, काठमाडौँ

काठमाडौं महानगरपालिका १० शंखमूल साईबाबा पार्कस्थित पुल हाउसका संचालक रूपक बान्तवाको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

सोही ठाउँ डेरा गरी बस्ने बारा सिम्रौनगढ नगरपालिका ७ घर भएका २२ वर्षीय एमके कुमारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।

कुमारले सोमबार बिहान रड प्रहार गर्दा गम्भीर घाइते भएका रूपकको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उनकै डेरा कोठाबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

हत्यामा प्रयोग भएका रड तथा त्यतिबेला लगाएका लुगा लगायतका सामाग्री बरामद गरेको छ।

हत्याको कारण पुरानो लेनदेनको विषय देखिएको र थप अनुसन्धान भइरहेको पनि जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .