ad ad

समाज


वन उपभोक्ता समितिका अध्यक्षमाथि ३९ लाखबढी अनियमितता गरेको आरोप

वन उपभोक्ता समितिका अध्यक्षमाथि ३९ लाखबढी अनियमितता गरेको आरोप

नेपालखबर
भदौ १२, २०८१ बुधबार १६:३५, काठमाडौँ

इलामको इलाम नगरपालिका–११ स्थित माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष डोल बहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

कार्कीले अवैध रुपमा रुख कटानी गरी ३९ लाख ३४ हजार १०४ रुपैयाँ हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप लगाएको छ।

अध्यक्ष कार्कीले २०७० सालदेखि ठेकेदार र अध्यक्षसमेत भई काबेली कोरिडोरको तार विस्तार गर्ने क्रममा कटान आदेशभन्दा बाहिर आफूखुसी कटान गरी घाटगद्दी लिलाम प्रकिया अगाडि बढाउन लागेको, लेखा परीक्षण नगरेको तथा बैंकिङ कारोबार नगरी आफू खुसी कारोबार गरी आर्थिक अनियमितता गरेको अख्तियारको ठहर छ।

उनको समूहको निर्णय पुस्तिका तथा चेक बुक लगायतका कागजातहरु आफैले राख्ने गरेको, वन उपभोक्ता समूहको नाममा रहेको बैंक खाताबाट रकम भुक्तानी लिई समूहको रकम रु ३० लाख ७८ हजर ६ सय वार्षिक कार्ययोजना स्वीकृत नगरी बदनियतपूर्वक खर्च गरी वन उपभोक्ता समूहको रकम हिनामिना गरेको र कटान आदेशभन्दा बढी ८  लाख ५५ हजार ५०४ रुपैयाँको वन विनास गरी अवैध घाटगद्दी गरेर सरकारी सम्पत्ति हिनामिना गरेको पुष्टि हुन आएको अनुसन्धानका क्रममा खुलेको थियो।

अख्तियारले कार्कीलाई ३९ लाख, ३४ हजार १०४ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

यस्तै, समूहको बैंकमा खातामा समितिका अध्यक्ष डोल बहादुर कार्कीसहित कोषाध्यक्ष रीता सम्बहाम्फे लोक्तामको संयुक्त दस्तखतबाट खाता संचालन भएको र कोषाध्यक्ष लोक्तामले चेकमा हस्ताक्षर गरेको खुल्न आएकोले उनलाई पनि प्रतिवादी बनाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .