ad ad

समाज


प्रकाश तामाङलाई केही दिनमै नागरिकता दिन प्रधानमन्त्री ओलीको निर्देशन

नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई सरकारले आवश्यक सहयोग गर्ने
प्रकाश तामाङलाई केही दिनमै नागरिकता दिन प्रधानमन्त्री ओलीको निर्देशन

फाइल तस्बिर : प्रकाश तामाङ र प्रधानमन्त्री केपी शर्मा ओली


नेपालखबर
भदौ १२, २०८१ बुधबार १०:१९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयपछि परिवार भेट्न पाएका भोजपुरका प्रकाश तामाङलाई केही दिनभित्रै नागरिकता दिलाउने व्यवस्था मिलाइएको बताएका छन्। 

‘हेर्ने कथा’मा प्रकाश सानैमा हराएर ३ दशकभन्दा बढी समयदेखि परिवारसँग बिछोडिएको दु:खद घटना सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण भएको हो।

अनुमानित ४० वर्ष पार गरिसकेका प्रकाशको अहिलेसम्म नागरिकतासमेत नरहेको थाहा पाएपछि प्रधानमन्त्री ओलीले सुरुमा उनलाई नागरिकता दिलाउने पहल थालेका हुन्। 

उनलाई तुरुन्तै नागरिकता दिलाउने प्रक्रिया अघि बढाउन आफूले मंगलबार राति १० बजे गृहसचिव एकनारायण अर्याललाई निर्देशन दिएको प्रधानमन्त्री ओलीले बताएका छन्।

प्रकाशलाई नागरिकता दिने व्यवस्था मिलाउन गृहसचिव अर्याललाई निर्देशन दिँदै प्रधानमन्त्री ओली।

‘उहाँले प्रकाशलाई दुई/चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनुभएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ’, ओलीले बुधबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्।

नागरिकता भए मात्र उनको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने भएकाले पहिले नागरिकता बनाइदिन लागिएको प्रधानमन्त्री ओलीको भनाइ छ। 

‘नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ’, ओलीले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .