इटालीको सरकारले बुधबार विद्यालय र विश्वविद्यालयहरु दुईहप्ता बन्द गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ।
विश्व स्वास्थ्य संगठनले कोरोना प्रभावित देशहरुमा भीड र समूहमा गरिने कार्यहरु नगर्न सुझाव दिएको छ। यसबीचमा इटालीमा शैक्षिक संस्था बन्द गरिएका हुन्।
कोरोनाभाइरसका कारण इटालीमा हालसम्म ७९ जनाको ज्यान गएको छ। त्यहाँ संक्रमितको संख्या ३२ पुगेको छ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार हालसम्म विश्वमा ९३ हजार २३७ कोरोनाबाट संक्रमित भएका छन्।
३२ सय १८ को मृत्यु भइसक्दा उपचारपछि ५० हजार ६९१ स्वस्थ बनेका छन्।
चीनमा मात्र ८० हजार २७० कोरोनाबाट संक्रमित छन् र त्यहाँ २ हजार ९८१ को मृत्यु भइसकेको छ।
कोरोनाभाइरस हाल ८० भन्दा बढी मूलुकमा देखिएको छ। एजेन्सी
प्रतिक्रिया