ad ad

समाज


ट्राफिक नियम लेखिएको प्ले कार्ड सडकमा देखाउन सुरु

ट्राफिक नियम लेखिएको प्ले कार्ड सडकमा देखाउन सुरु

नेपालखबर
फागुन २१, २०७६ बुधबार १३:३०,

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियमको सचेतना तथा पालनाको लागि ट्राफिक नियम लेखिएका प्लेकार्डहरू काठमाडौं उपत्यकाका सडकमै देखाउन थालेको छ।

उपत्यकाको व्यस्त चोकहरूमा सवारी चालकहरूलाई लक्षित गरि ट्राफिक नियम लेखिएको प्लेकार्ड आजदेखि देखाउन सूरू गरिएको हो।

ट्राफिक नियम पालना नगरी लापरवाहीका साथ सवारी चलाउँदा दुर्घटना बढ्न सक्ने, ट्राफिक जाम बढ्ने र ट्राफिक व्यवस्थापनमा समेत असर पर्ने भएकाले सवारी कुदाईरहेका चालकहरूलाई सडकमै ट्राफिक प्रहरीले प्ले कार्डहरूमार्फत ट्राफिक नियम सिकाउन थालिएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले दिए। उनले भने, ‘अहिले ‘दाहिने साईडबाट मात्रै ओभरटेक गरौँ।’ भन्ने ट्राफिक नियम लेखिएको प्लेकार्डहरू निर्माण गरिएका छन्।

सवारी साधनले तीव्र र अनियन्त्रित गतिका साथै गलत ओभरटेकका कारण हुने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले प्राथमिकताका साथ यो अभियान थालिएको महाशाखाका प्रमुख ढकालले बताए।

काठमाडौं उपत्यकाका ४७ स्थानहरूमा ट्राफिक नियम लेखिएका प्लेकार्डहरू सवारी रोकिएका बेलामा देखाइने व्यवस्था मिलाईएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले बताए।
यसका साथै सम्पूर्ण सवारी चालकहरू विशेष गरी मोटरसाईकल चालकहरूले जथाभावी ओभरटेक नगरी लेन अनुशासन पालना गरी दाहिने साईडवाट मात्र ओभरटेक गरिदिन पनि महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .