ad ad

समाज


कोरोनाको त्रासबीच भारतले औषधि निर्यात सीमित गर्ने, विश्वभर अभाव हुने आशंका

कोरोनाको त्रासबीच भारतले औषधि निर्यात सीमित गर्ने, विश्वभर अभाव हुने आशंका

नेपालखबर
फागुन २१, २०७६ बुधबार १३:१७,

भारतले औषधि निर्यात सीमित गर्ने भएपछि विश्वमा औषधिको अभाव हुने अनुमान गरिएको छ।

भारत विश्वमा औषधि निर्यात गर्ने सबैभन्दा ठूलो मूलुक हो। बुधबार कोरोनाबाट संक्रमितको संख्या २८ पुगेसँगै भारतले औषधि निर्माण गर्न प्रयोग हुने २६ सामाग्री र कयौं औषधिहरु निर्यात सीमित गरिदिएको छ।

भारतको यो घोषणा औषधिको कच्चा पदार्थ उत्पादन गर्ने चिनियाँ कम्पनीहरू बन्द भएको वा सीमित क्षमतामा सञ्चालित भएको बेला आएको हो।

भारतका औषधि निर्माताहरू ७० प्रतिशत कच्चा पदार्थका निम्ति चीनमा निर्भर छन्।

भारतले नियन्त्रण गर्ने घोषणा गरेका औषधिमा प्यारासिटामोल पनि पर्छ। यो औषधि शरीरको दुखाइ कम गर्न विश्वभरि सबभन्दा धेरै प्रयोग गरिने औषधि हो।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार हालसम्म विश्वमा ९३ हजार २३७ कोरोनाबाट संक्रमित भएका छन्।

३२ सय १८ को मृत्यु भइसक्दा उपचारपछि ५० हजार ६९१ स्वस्थ बनेका छन्।

चीनमा मात्र ८० हजार २७० कोरोनाबाट संक्रमित छन् र त्यहाँ २ हजार ९८१ को मृत्यु भइसकेको छ।

कोरोनाभाइरस हाल ८० भन्दा बढी मूलुकमा देखिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .