ad ad

समाज


सुनकोसी नदीमा बेपत्ता हाइलक्समा सवार तीनै जना भक्तपुरका

खोटाङको हलेसीबाट आउँदै थियो काठमाडौँ
सुनकोसी नदीमा बेपत्ता हाइलक्समा सवार तीनै जना भक्तपुरका

नेपालखबर
भदौ ८, २०८१ शनिबार २०:७, काठमाडौँ

खोटाङको हलेसीबाट काठमाडौँ आउँदै गरेको हाइलक्स गाडी सुनकोसी नदीमा खसेको छ। सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ कुँडुलेमा भक्तपुरका लागि आउन लागेको उक्त हाइलक्स शनिबार दिउँसो सुनकोसी नदीमा खसेको हो। 

उक्त हाइलक्समा ४ जना सवार थिए। सवार चारमध्ये तीन जनासहित हाइलक्स पनि बेपत्ता भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अुनसार, एक जनाले भने गाडीबाट हामफालेर ज्यान जोगाएका छन्। उनीहरू सबै भक्तपुरको सुर्यविनायक नगरपालिका, जगातीका रहेको प्रहरीले जानकारी दिएको छ। 

सुर्यविनायक नगरपालिका, जगातीका ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा नदीमा बेपत्ता छन्। 

२७ वर्षीय सुशान्त कक्षपतिले भने ज्यान जोगाएका छन्। उनी अहिले प्रहरीको सम्पर्कमा रहेको र अवस्था सामान्य रहेको बताइएको छ। 

घटनास्थलमा गोताखोरसहित प्रहरीको टोली पुगेर खोजी कार्य जारी राखेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .