ad ad

समाज


आँबुखैरेनी दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो (विवरणसहित)

आँबुखैरेनी दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो (विवरणसहित)

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार २१:३२, काठमाडौँ

तनुहँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको भारतीय बसमा सवार सबैजनाको पहिचान खुलेको छ।

सबैजना भारतीय रहेका उनीहरूको ठेगाना स्पष्ट नभएको तर अधिकांशको नाम र उमेर पत्ता लागेको नेपाल प्रहरीले शुक्रबार अबेर जारी गरेको बुलेटिनमा उल्लेख छ।

४३ यात्रु सवार बस दुर्घटनामा परेर २७ जनाको ज्यान गएको छ भने १६ जना काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।

घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल ल्याइएको हो।

बसमा ४१ यात्रुसहित चालक र सहचालक गरी ४३ जना सवार रहेको नेपाल प्रहरीले जनाएको छ।

उनीहरू भारतको गोरखपुरबाट २ दिनअघि (भदौ ५गते) पोखरा आएका थिए। ८ दिनको पास लिएर नाकाबाट छिरेका उनीहरू दुई दिन पोखराको मझेरी रिसोर्टमा बसेर शुक्रबार बिहान काठमाडौँका लागि हिँडेका थिए।

यस्तो छ मृतकको विवरण
१) वर्ष १६ की सदना सुहास राय।
२) वर्ष १० की परी भारते।
३) वर्ष ६० की सल्बा भारन्दे भारते।
४) वर्ष ५० की निलिमा जाउडे।
५)  वर्ष ४२ की सरला रानी।
६) वर्ष ४४ को पंकज भंगाडे।
७) वर्ष ५० को संदिप राजाराम सरादे।
८) वर्ष ५७ की निलिमा झाण्डे।
९) वर्ष ५५ को तुलसीराम ताइडे।
१०) वर्ष ४० को गणेश मानन्दे।
११) वर्ष ४३ की पल्लादे सरादे।
१२) वर्ष ४५ की अनिता पाटेल।
१३) नामथर, वतन नखुलेको वर्ष अन्दाजी ४०।५० को महिला।
१४) वर्ष ५२ की भारती जाउडे।
१५) वर्ष ५१ की रोहणी जाउडे।
१६) वर्ष ६० की सुलोभा भारण्डे।
१७) वर्ष ४५ को सुवास राणे।
१८) वर्ष ५० को प्रकाश नाथकोटी।
१९) वर्ष ३५ की लिना भारन्डे।
२०) वर्ष अन्दजी ५०।५५ को नाम थर नखुलेको पुरुष।
२१) वर्ष ६० को सुधाकर ताउडे।
२२) वर्ष ३५ को सागर जाउडे।
२३) वर्ष अं ४५।५० की सरोज मनोज भिरुक (घटनास्थलबाट अन्दाजी ५ मी तल ठूलो ढुङगा मुनि मृत फेला परेको)
२४) नाम थर वतन नखुलेको वर्ष अन्दाजी ३५।४० को पुरुष।
२५) नाम थर वतन नखुलेको अन्दाजी वर्ष २५ को अनुद सरद।
२६) वर्ष ५६ की भारती जाउडे।
२७) वर्ष ५१ की सरला तुलसीराम तायडे।

काठमाडौं टिचिङ अस्पतालमा उपचार हुँदै गरेका घाइतेहरू
१) वर्ष ६० को सुनिल झाण्डे (कम्मरमा चोट अवस्था सिरियस)।
२) वर्ष ४५ की भारती पटेल (अनुहार र शरिरको बिभिन्न भागमा चोट रहेको अवस्था सिरियस।
३) वर्ष ३२ को अबिनास पटेल (दुवै खुट्टा र छातीमा चोट अवस्था सिरियस)।
४) वर्ष ४५ की रेखा कोटी (शरीरको बिभिन्न ठाउँमा चोट अवस्था सिरियस)।
५) वर्ष ५५ को न्यारेश्वर नोन्डे (शरीरको विभिन्न ठाउँमा चोट अवस्था सिरियस)।
६) वर्ष ५८ को आन्नद इक्ले शरीरको बिभिन्न ठाउमा चोट अवस्था सिरियस।
 ७) वर्ष ६० की आशा पाण्डुरा पटेल (शरीरको विभिन्न ठाँउमा चोट अवस्था सिरियस)  
८) वर्ष ६० की सारदा पटेल (विभिन्न ठाउँमा चोट अवस्था सिरियस)।
९) वर्ष ५५ को प्रबिन पटेल (अनुहारमा र दुवै हात खुट्टामा चोट रहेको अवस्था सिरियस)।
१०) वर्ष ४० की मनिषा भङगाडे (विभिन्न ठाउँमा चोट अवस्था सिरियस)।
११) वर्ष ५६ को हेमराज सरौती (शरीरको विभिन्न ठाउँमा चोट अवस्था मध्यम)।
१२) वर्ष ५८ की आशा बोन्डे (दुवै हातमा र अनुहारमा चोट अवस्था सिरियस)।
१३) वर्ष ४३ की रुपाली सरौदी (विभिन्न ठाँमा चोट अवस्थामा सिरियस)।
१४) वर्ष ४५ की सिमा झिङ्गठे, (शरीरको विभिन्न भागमा चोट,सिरियस)।
१५) वर्ष ६० को सुनोदिन झाउडे (शरीरको विभिन्न भागमा चोट, सिरियस)।
१६) वर्ष ५५ की नेलिमा घेरोङ (शरीरको विभिन्न भागमा चोट,सिरियस)।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .