ad ad

समाज


प्रत्यक्षदर्शी भन्छन्– ठूलो ढुंगाले अड्काउँदा मर्स्याङ्दी नदीमा डुब्नबाट जोगियो बस

प्रत्यक्षदर्शी भन्छन्– ठूलो ढुंगाले अड्काउँदा मर्स्याङ्दी नदीमा डुब्नबाट जोगियो बस

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १२:५०, तनहुँ

तनहुँको आँबुखैरेनीमा दुर्घटना भएको भारतीय नम्बर प्लेटको बसलाई ठूलो ढुङ्गाले अड्काउँदा बस मर्स्याङ्दी नदीमा डुब्नबाट जोगिएको एक प्रत्यक्षदर्शीले बताएका छन्।

बस खसेको केही क्षणमै त्यहाँ पुगेका लमजुङका सुरेन्द्रमान घलेका अनुसार पोखराबाट मुग्लिङतर्फ गइरहेको बस बाटोको छेउमा रहेको सिमेन्टको छेकबार भत्काउँदै मर्स्याङ्दी नदीमा खसेको थियो। 

‘म काठमाडौँबाट लमजुङतर्फ जाँदै थिएँ, पोखराबाट आउँदै गरेको बस भर्खर खसेको रहेछ’, पर्यटन व्यवसायमा संलग्न घलेले नेपालखबरसँग भने, ‘बाटोको छेउमा रहेको सिमेन्टको छेकबारलाई समेत बसले भत्काएको देखियो।’

उनका अनुसार मर्स्याङ्दी नदीमा बस जहाँ अड्किएको छ, त्यहाँ एउटा ठूलो ढुङ्गो छ। 

‘त्यो ढुङ्गोले नअड्काएको भए बस पूरै नदीमा डुब्ने रहेछ’, घलेले भने, ‘मर्स्याङ्दी नदीमा भेल आएकाले अझ ठूलो क्षति हुनसक्थ्यो।’ 
सो दुर्घटनामा हालसम्म १४ जनाको निधन भएको पुष्टि गरेको छ। 

‘बसमा रहेका घाइते यात्रुहरुले मर्स्याङ्दी नदीको तिरबाट हात उठाएर सहयोग मागिरहेका थिए’, घलेले थपे, ‘अलिक कम घाइतेहरु रुखका बुट्यान समातेर बाटोतर्फ आउने प्रयास गर्दै थिए।’

दुर्घटनाग्रस्त बसमा ४१ यात्रु रहेका थिए। 

थप समाचार : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .