ad ad

समाज


आँबुखैरेनी बस दुर्घटना अपडेट : १४ जनाको शव निकालियो, १६ घाइते

आँबुखैरेनी बस दुर्घटना अपडेट : १४ जनाको शव निकालियो, १६ घाइते

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १२:२६, काठमाडौँ

तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा १४ जनाको शव निकालिएको छ। आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस दुर्घटना भएको थियो। 

उक्त दुर्घटनामा परेर अहिलेसम्म १६ जना घाइतेको उद्धार भएको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए।

उनका अनुसार, पोखराको मझेरी रिसोर्टमा बसेर यात्रुहरू बिहानै काठमाडौँतिर लागेका थिए। उक्त होटलमा थप विवरण बुझ्नका लागि अहिले प्रहरी टोली पुगेको छ। 

अहिले उद्धार कार्य जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .